
झापा- जेनजी आन्दोलनका क्रममा चितवन कारागारबाट फरार भएका एक बन्दी झापाको शिवसताक्षीबाट पक्राउ परेका छन्।
शिवसताक्षी नगरपालिका वडा नं. ८ बस्ने २७ वर्षीय विवश रोक्कालाई इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको टोलीले बुधबार दिउँसो १२ः३० बजे उनकै घरबाट पक्राउ गरेको हो।
रोक्का भदौ २३ र २४ गते जेनजी आन्दोलनका बेला कारागारबाट भागेका थिए। उनी सालकको अखेटोपहार मुद्दामा थुनामा थिए।