
- दोदा नदीमा निर्माणाधीन पुलको ९० प्रतिशत काम पूरा भइसकेको र पर्खाल निर्माण बाँकी रहेको अधिकारीले जनाए।
- पुल निर्माण लागत अनुमान रू २४ करोड ७३ लाख भए पनि ठेकेदारसँग रू २४ करोड ३ लाख सम्झौता भएको हो।
- निर्माण कार्य सम्झौताअनुसार समयमै हुँदै नसक्दा म्याद थप गरिएको छ र आवश्यक रकम अपुग रहेको छ।
कञ्चनपुर- यहाँको दोदा नदीमा निर्माणाधीन पुलका काम ९० प्रतिशत कार्य पूरा भएको छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी हरिशप्रसाद जोशीका अनुसार आगामी पुष मसान्तभित्र सम्पन्न गर्ने गरी पुल निर्माणको काम भइरहेको छ ।
हालसम्म पुलको ‘सुपरस्ट्रक्चर’को कार्य पूरा भएको र अब पुलको दुवै छेउतर्फ पर्खाल निर्माण र माटो भरानको काम भइरहेको उनले जानकारी दिए । पुल निर्माणको कुल लागत अनुमान रु २४ करोड ७३ लाख ८० हजार रहेकामा लुम्बिनी–राजेन्द्र–कुमार–श्रेष्ठ जेभीसँग रू २४ करोड तीन लाख ९२ हजारमा ठेक्का सम्झौता भएको छ ।
विसं २०७२ पुस २६ गते तीन वर्षभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भए पनि व्यवसायीको ढिलासुस्तीका कारण समयमै सम्पन्न हुन सकेको छैन । पुष मसान्तमा काम सम्पन्न गर्ने गरी म्याद थपिएको र चालु आआर्थिक वर्षमा पुल निर्माणका लागि रु ४० लाख मात्रै विनियोजन भएकाले समस्या हुने हो कि भन्ने चिन्ता रहेको जोशीले सुनाए ।
पलको काम सम्पन्न गर्न अझै रु चार करोड आवश्यक पर्ने उनले बताए । यहाँ पुल नहुँदा स्थानीयले जोखिम मोलेर नदी वारपार गर्दै आएका छन् । पुल निर्माण भए लाझाडी, शुक्लाफाँटा र कृष्णपुरका बासिन्दाको आवागमनमा सहज हुने स्थानीय बच्चन रानाले बताए ।