सुशासन प्रवर्द्धन र समाज रूपान्तरण सरकारको प्राथमिकताः मुख्यमन्त्री आचार्य

सुशासन प्रवर्द्धन र समाज रूपान्तरण सरकारको प्राथमिकताः मुख्यमन्त्री आचार्य
+
-
देशसञ्चार AI सारांश
  • मुख्यमन्त्री आचार्यले तिहार पर्वले सामाजिक एकता, सद्भाव र भ्रातृत्वको भावना बलियो बनाउन योगदान दिने विश्वास व्यक्त गरेका छन्।

  • देउसी–भैलोमा सङ्कलित रकमबाट समाजोपयोगी कार्य गर्नु हाम्रो सांस्कृतिक सम्पदा भएको भन्दै उनले संरक्षणको दायित्व सबैको रहेको बताए।

  • उनले प्रदेश सरकारले सुशासन, पारदर्शिता र भ्रष्टाचार न्यूनीकरणका ठोस कदम चालिरहेको जानकारी दिँदै सांस्कृतिक पर्वले समाज रूपान्तरणमा भूमिका खेल्ने बताए।

दाङ- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले तिहार पर्वले सामाजिक एकता, सद्भाव र भ्रातृत्वको भावना बलियो बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।

तिहार–२०८२ का अवसरमा जारी शुभकामना सन्देशमा उनले सत्य, न्याय र सकारात्मक सोचतर्फ समाजलाई उन्मुख गराउने तिहारको मूल्य र सन्देशलाई आत्मसात् गर्न सबैलाई आग्रह गरेका हुन् ।

मुख्यमन्त्री आचार्यले नेपालीहरूको मौलिक सांस्कृतिक चाड तिहारले मानव, प्रकृति र प्राणी जगतबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्ने बताएका छन्। उनले दिदीबहिनी र दाजुभाइबीचको स्नेह, सामाजिक एकता र सामूहिक उत्तरदायित्वलाई सुदृढ बनाउन तिहारले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे ।

देउसी–भैलोका क्रममा सङ्कलित रकमबाट समाजोपयोगी र रचनात्मक कार्य गर्ने परम्परा हाम्रो साझा सांस्कृतिक सम्पदा भएको भन्दै मुख्यमन्त्री आचार्यले त्यसको संरक्षण र जगेर्ना सबैको दायित्व भएको बताए ।

शुभकामना सन्देशमा मुख्यमन्त्री आचार्यले तिहारको मूल्य र मान्यता अनुशासन, सद्भाव र आपसी सहयोगसँग जोडिएको बताउँदै प्रदेश सरकारले यस्ता सांस्कृतिक पर्वका माध्यमबाट समाज रूपान्तरण र सुशासन प्रवद्र्धनका प्रयासलाई निरन्तरता दिएको उल्लेख गरे ।

उनले प्रदेश सरकारले सुशासनलाई प्राथमिकतामा राख्दै चालू खर्च कटौती, पारदर्शिता अभिवृद्धि र भ्रष्टाचार न्यूनीकरणका ठोस कदम चालेको जानकारी दिए । पूर्वविशिष्ट पदाधिकारीका सेवा–सुविधा खारेजदेखि नै जनउत्तरदायी शासन निर्माणका लागि सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ ।

मुख्यमन्त्री आचार्यले युवा पुस्ताको सोच र चाहनालाई आत्मसात् गर्दै आत्मनिर्भरता र नवप्रवर्तनमुखी विकासतर्फ सरकार अघि बढिरहेको बताए । ‘समृद्ध लुम्बिनी, खुसी नागरिक’ को लक्ष्य साकार पार्न कृषि, पशुपालन, उद्यम र रोजगारीलाई प्राथमिकतामा राखी कार्यक्रम सञ्चालन भइरहेको उल्लेख गरे ।

मुलुकमा देखिएका समस्या र चुनौतीहरूको समाधान संविधानको पूर्ण कार्यान्वयनबाट मात्र सम्भव हुने विश्वास प्रदेश सरकारले लिएको भन्दै उनले स्थायित्व, सुशासन र विकासका लागि सबैको साझा प्रतिबद्धता आवश्यक रहेको बताए ।

मुख्यमन्त्री आचार्यले तिहार पर्वले आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना बढाउँदै सामाजिक र सांस्कृतिक एकतालाई सुदृढ बनाउने विश्वास व्यक्त गर्दै सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन् ।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’