युवकको हत्या आरोपमा झापामा एक युवक पक्राउ

युवकको हत्या आरोपमा झापामा एक युवक पक्राउ
+
-

झापा- झापाको बिर्तामोड-५ मा ३० वर्षीय जगन राजवंशीको हत्यामा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बिर्तामोड-५ कै २६ वर्षीय हेमकुमार चौधरी रहेका छन्। उनलाई प्रहरीले बिहीबार बिहान करिब २:१५ बजे शिवसताक्षी-७, व्याङडाँडाबाट नियन्त्रणमा लिएको हो।

इलाका प्रहरी कार्यालय बिर्तामोडका अनुसार, बुधबार साँझ करिब ६:३० बजे सामान्य झगडा हुँदा चौधरीले राजवंशीको कन्चटमा बाँसको लाठी प्रहार गरेका थिए।

बाँसको प्रहारले घटनास्थलमै ढलेका राजवंशीलाई उनका आफन्तले तत्काल उपचारका लागि बीएण्डसी अस्पताल पुर्याएका थिए। तर, अस्पताल पुर्याउँदा चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए।

मृतक राजवंशी आफ्ना दाइसँग मिलेर ग्रिल बनाउने काम गर्दै आएका थिए। पक्राउ परेका चौधरीलाई थप अनुसन्धान तथा कानूनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’