अमेरिकामा दीपावली पर्वलाई विशेष सांस्कृतिक उत्सवको मान्यता

अमेरिकामा दीपावली पर्वलाई विशेष सांस्कृतिक उत्सवको मान्यता
+
-
देशसञ्चार AI सारांश
  • फोर्ट वर्थ सिटीले दीपावलीलाई आधिकारिक सांस्कृतिक उत्सवका रूपमा मान्यता दिन कार्ममा काउन्सिल सदस्य डेबराह पिपल्सले प्रस्ताव प्रस्तुत गरिन्।
  • बैठकमा प्रस्ताव पारित भएपछि, प्रत्येक वर्ष फोर्ट वर्थ सिटीमा दीपावली सिटीको सांस्कृतिक उत्सवको रूपमा मनाइने घोषणा भयो।
  • कार्यक्रममा सिटी प्रमुखले दीपावलीलाई धार्मिक, ऐतिहासिक, सांस्कृतिक रूपमा महत्त्वपूर्ण मान्दै सबै नेपाली समुदायलाई फोर्ट वर्थको विविधता समृद्धिमा योगदान पुर्याएको बताए।

टेक्सस (अमेरिका)- नेपालीहरूको दोस्रो ठूलो पर्व दीपावलीलाई अमेरिकाको टेक्सस राज्यस्थित फोर्ट वर्थ सिटीले विशेष मान्यता प्रदान गरेको छ ।

फोर्ट वर्थ सिटी काउन्सिलको मङ्गलबार बसेको नियमित बैठकले दिपावली पर्वलाई सिटीको विशेष सांस्कृतिक उत्सवका रूपमा मान्यता प्रदान गरेको जनाइएको छ ।

सिटीले मान्यता प्रदान गरेसँगै अबदेखि हरेक वर्ष दिपावली पर्वलाई फोर्ट वर्थ सिटीको आधिकारिक सांस्कृतिक उत्सवका रूपमा मनाइने भएको सिटी काउन्सिलले जनाएको छ ।

बैठकमा सिटी प्रशासनको तर्फबाट काउन्सिल सदस्य डेबराह पिपल्सले दीपावलीलाई सहरको सांस्कृतिक विविधताको प्रतीकका रूपमा सम्मान गर्नुपर्ने प्रस्ताव पेस गरेकी थिइन् । उक्त प्रस्तावलाई उपस्थित काउन्सिल सदस्य समर्थन जनाएको पिपल्सले बताइन्।

जिल्ला नं ५ की काउन्सिल सदस्य पिपल्सले सोसम्बन्धी सम्मानपत्र नेपाली समुदायका अगुवा तथा फोर्ट वर्थ सिटीका भवन मापदण्ड आयुक्त मोहन ज्ञवालीलाई हस्तान्तरण गरेकी थिइन् ।

हस्तान्तरण कार्यक्रममा सिटी प्रमुख म्याटी पार्करले नेपाली समुदायको उज्यालो पर्व दिपावली–तिहारलाई धार्मिक, ऐतिहासिक र सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण भन्दै सहरले यस पर्वलाई आधिकारिक रूपमा स्वीकार गरेको बताए। उनले फोर्ट वर्थ सिटी विविधता र सांस्कृतिक समृद्धिको उत्कृष्ट उदाहरण भएको र यसमा नेपाली समुदायको पनि विशेष योगदान रहेको चर्चा गरे ।

नेपाली समुदायको तर्फबाट बोल्दै अगुवा ज्ञवालीले सहर प्रशासनप्रति आभार व्यक्त गर्दै नेपालीहरूको सांस्कृतिक पर्वलाई मान्यता प्रदान गर्नु सम्पूर्ण नेपाली समुदायका लागि गौरवको विषय भएको बताए।

कार्यक्रममा गोरखापत्र संस्थानका महाप्रबन्धक लाल ऐरी, नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्ले, नेपाल अमेरिका पत्रकार सङ्घका अध्यक्ष सुरज भण्डारीलगायतको उपस्थिति रहेको थियो ।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’