ट्रम्पले रुसका दुई ठूला तेल कम्पनीमाथि प्रतिबन्ध लगाएपछि बढ्यो मूल्य

ट्रम्पले रुसका दुई ठूला तेल कम्पनीमाथि प्रतिबन्ध लगाएपछि बढ्यो मूल्य
+
-

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले युक्रेनमा तत्काल युद्धविरामका लागि दबाब दिने उद्देश्यले रसियाका दुई ठूला तेल कम्पनीमा प्रतिबन्ध लगाएको छ। मस्कोलाई दबाब दिने उद्देश्यले रसियाका सबैभन्दा ठूला दुई तेल कम्पनीहरूमाथिको प्रतिबन्धसँगै अन्तर्राष्ट्रिय रुपमा तेलको मूल्यमा एकै दिन ठूलो वृद्धि देखिएको छ।

यो घोषणासँगै विश्वव्यापी आपूर्तिमा कमी आउने चिन्ताले आज तेलको मूल्य तीव्र रूपमा बढेको जनाइएको छ। यी प्रतिबन्धहरू राष्ट्रपति ट्रम्पले रुसी नेता भ्लादिमिर पुटिनसँगको निर्धारित भेट रद्द गरेको घोषणापछि आएका हुन्।

अमेरिकी अर्थमन्त्री स्कट बिसेन्टले एक विज्ञप्ति जारी गर्दै रुसलाई हत्या रोक्न र तत्काल युद्धविराम गर्न आग्रह गरेका छन्। उनले भने, ‘राष्ट्रपति पुटिनले यो निरर्थक युद्ध अन्त्य गर्न अस्वीकार गरेकाले युद्ध संयन्त्रलाई आर्थिक रुपमा कमजोर पार्न रुसका दुई ठूला तेल कम्पनीहरूलाई प्रतिबन्ध लगाएका हौँ।’

प्रतिबन्धको निशानामा रुसका तेल कम्पनी रोसनेफ्ट र लुकओइल तथा तिनका झण्डै तीन दर्जन सहायक कम्पनीहरू परेका छन्। अर्थमन्त्री बिसेन्टले राष्ट्रपति ट्रम्पको युद्ध अन्त्य गर्ने प्रयासलाई समर्थन गर्न आवश्यक परेमा थप कदम चाल्न र सहयोगीहरूलाई पनि प्रतिबन्धमा सामेल हुन प्रोत्साहन गर्ने बताएका छन्।

अमेरिकाको यस कदमको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलिन्स्कीले स्वागत गरेका छन्। उनी हाल ब्रसेल्समा युरोपेली संघ (इयू) को बैठकमा सहभागी छन्, जहाँ युक्रेन र सुरक्षासम्बन्धी विषयमा छलफल भइरहेको छ।

यसैबीच, रुसको विदेश मन्त्रालयले प्रतिबन्धलाई पूर्ण रूपमा प्रतिकूल भन्दै आलोचना गरेको छ। रुसले यो प्रतिबन्धले देशको अर्थतन्त्रमा ‘कुनै ठूला समस्या नल्याउने’ भन्दै ट्रम्पको प्रतिबन्धलाई खारेज गरेको हो। यो घोषणापछि तेल व्यापारीहरूमाझ विश्वव्यापी आपूर्ति घट्ने चिन्ता बढेको छ, जसका कारण आज तेलको मूल्यमा उल्लेख्य वृद्धि देखिएको छ।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’