पाल्पामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

पाल्पामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
+
-

रामपुर (पाल्पा) – पाल्पाको रामपुर नगरपालिका–७ तुरुङदी खोलास्थित कालीगण्डकी करिडोर सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

आज अपराह्न २ः३० बजेको समयमा लु१३प ८६३५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा पछाडि सवार बगनासकाली गाउँपालिका–९ बस्ने २८ वर्षीय अर्जुन विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिए।

तानसेनबाट रामपुरतर्फ आइरहेको लु१३प ८६३५ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फबाट आइरहेको लु७७प ४५०५ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाई दुर्घटना भएको हो। दुर्घटनापश्चात् लगत्तै रामपुर अस्पतालमा पठाइए पनि डाक्टरले जाँच गर्ने क्रममा लु१३प ८६३५ नम्बरको मोटरसाइकल पछाडि सवार विकको मृत्यु भएको प्रहरीले जनाएको छ।

लु१३प ८६३५ नम्बरको मोटरसाइकल चालक बगनासकाली गाउँपालिका–९ बस्ने ५१ वर्षीय विष्णुप्रसाद विक, लु७७प ४५०५ नम्बरको मोटरसाइकल चालक स्याङ्जा चापाकोट नगरपालिका–९ का २९ वर्षीय विवेक भट्टराई, सोही मोटरसाइकलमा पछाडि सवार रुपन्देही तिलोत्तमा नगरपालिका–५ मणिग्राम बस्ने २८ वर्षीय दीपक पाण्डे घाइते भएका छन्। घाइतेको अहिले रामपुर अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’