काठमाडौँँ- वर्तमान सुरक्षा अवस्थाबारे प्रधानमन्त्री सुशीला कार्कीले सुरक्षा प्रमुखसँग छलफल गरेकी छन्।
बालुवाटमार शनिबार मध्यान्ह चारवटै सुरक्षा निकायका प्रमुखसँग वर्तमान देशको सुरक्षा अवस्थाबारे कार्कीले जानकारी लिइएकी हुन्।
छलफलमा प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दंगाल र चारवटै सुरक्षा निकायका प्रमुखहरू सहभागी थिए।
करिब दुई घण्टा चलेको बैठकमा सुरक्षा प्रमुखहरूले वर्तमान अवस्थाबारे आ–आफ्नो विश्लेषण प्रस्तुत गरेका थिए। सम्भावित सुरक्षा चुनौतीका विषयमा पनि बैठकमा छलफल भएको थियो।
बैठकपछि गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न समूहले प्रदर्शनका लागि तयारी गरेकोबारेमासमेत छलफल भएको जानकारी दिए।
-फाइल तस्बिर

भर्खरै
लोकप्रिय






































































































































































































