काठमाडौँ– श्रम तथा रोजगार मन्त्री नियुक्त हुन लागेका खगेन्द्र सुनार विवादित व्यक्ति भएको सार्वजनिक भएपछि प्रधानमन्त्री सुशीला कार्कीले मन्त्री बन्ने सूचीबाट हटाएकी छन्।
आइतबार दिउँसो सुनारसहित चार जनालाई मन्त्री नियुक्त गरेर शपथ गराउने तयारी भए पनि अन्तिम समयमा उनको नाम हटाइएको हो। शपथका लागि तोकिएको २:३० को समयभन्दा केहीअगाडि प्रधानमन्त्री कार्की केही मन्त्रीहरूसँग बालुवाटारमा छलफल गरी सुनारको नाम हटाएको स्रोतले जानकारी दिएको छ।
दिउँसो २ः३० बजे शपथ ग्रहण लिन लागेका दैलेखका सुनारविरुद्ध तीनवटा अदालतमा मुद्दा विचाराधीन रहेको तथ्य सार्वजनिक भएको थियो। त्यस्तै उनीमाथि वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गरेको आरोप पनि लागेको छ।

भर्खरै
लोकप्रिय






































































































































































































