धनकुटाको सहिदभूमि गाउँपालिकामा विद्यालय पूर्वाधार र आइसिटी निर्माण गरिने

धनकुटाको सहिदभूमि गाउँपालिकामा विद्यालय पूर्वाधार र आइसिटी निर्माण गरिने
+
-
देशसञ्चार AI सारांश
  • मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशका विद्यालयहरूमा आइसिटी पूर्वाधार बनाउने योजना १० वर्षमा सम्पन्न गर्ने बताए।
  • सीपी फाउन्डेसनको सहयोगमा करिब ५ सय विद्यालयको पूर्वाधार निर्माण गर्न यसै वर्ष समझदारी कायम हुनेछ।
  • सहिद भूमि पालिका र सीपी फाउन्डेसन बीच नमुना पालिका बनाउन २ देखि ३ अर्ब रुपैयाँ लगानी गर्ने सहमति भएको छ।

मोरङ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशका हिमाली र पहाडी जिल्लाका सम्पूर्ण माध्यमिक विद्यालयको पूर्वाधार र विद्यालयमा आइसिटी निर्माण गर्ने बताएका छन्।

धनकुटाको सहिदभूमि गाउँपालिकामा आइतबार आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले खेतान फाउन्डेसनको सहयोगमा १० वर्षमा सक्ने गरी पूर्वाधारको कार्यक्रम अघि बढाइने बताए। सहिद भूमि गाउँपालिका ६ मा रहेको ठाकुरदेवी माध्यमिक विद्यालयमा खेतान फाउन्डेसनले निर्माण गरेको भवनको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकार शिक्षा क्षेत्रको सुधारका लागि अगाडि बढेको बताए।

९२ लाख रुपैयाँ लागतमा निर्माण भएको सो भवन सीपी फाउन्डेसनले निर्माण गरिदिएको हो। विद्यालयको ८ कोठे भवन निर्माण भएपछि सो पालिकाका सबै विद्यालय सूचना प्रविधि र कम्प्युटरसहितको पूर्वाधारयुक्त विद्यालय बनाउने सिपी फाउन्डेसनले जानकारी दिएको हो।

फाउन्डेसनले विभिन्न दातृसंस्थाको सहयोगमा कोशी प्रदेशको हिमाली तीनटा जिल्ला र पहाडी आठवटा जिल्लाको करिब ५ सय वटा विद्यालयको पूर्वाधार र आइसिटी निर्माण गरिदिने समझदारी यसै आर्थिक वर्षभित्रै हुने उहाँले जानकारी दिए। सो विद्यालय निर्माणका लागि कोशी प्रदेश सरकार र स्थानीय पालिकाको साझेदारी हुने बताइएको छ। विद्यालय निर्माणका लागि करिब १५ अर्ब रुपैयाँ लगानी गर्नेछ।

खेतान फाउन्डेसनका संस्थापक सीपी खेतानले यसबाट कोशी प्रदेशमा शैक्षिक सुधारमा ठूलो उपलब्धि हासिल हुने बताए। मुख्यमन्त्री कार्कीले कोशी प्रदेशका विद्यालयहरू निर्माणको यो ठूलो रकम १० वर्षभित्र सक्ने योजना रहेको जानकारी दिए। उनले खेतान फाउन्डेसनले त्यो भन्दा अघि नै यस्ता कार्यक्रमलाई सक्नेगरी तयारी गर्न आग्रह गरे पनि प्रदेश र पालिकाको स्रोत साधनलाई समेत प्रयोग गरेर अघि बढ्नुपर्ने भएकाले यसको समय १० वर्ष राख्न लागिएको बताए।

त्यसैगरि, मुख्यमन्त्री कार्कीकै पहलमा सहिद भूमि पालिका र सीपी फाउन्डेसन बीच पालिकालाई नमुना पालिका बनाउने गरी समझदारी पत्रमा हस्ताक्षरसमेत भएको छ। सो समझदारीमा उल्लेख भए अनुसार सहिद भूमि पालिकामा करिब २ देखि ३ अर्ब रुपैयाँ लगानी हुनेछ। सम्पूर्ण विद्यालय, स्वास्थ्य चौकी र लघु उद्यमशीलता साथै सडक कालोपत्रे बनाउन यो लगानी गरिने बताइएको छ।

कार्यक्रमका लागि ह्युमन प्राक्टिस फोरमले पनि मुख्य सहयोगी भूमिका निर्वाह गरेको छ। आज खेतान फाउन्डेसन र ह्युमन प्राक्टिस फोरम बीच सहिद भूमि पालिकामा पहिलो चरणमा कोशी प्रदेशका विद्यालय पूर्वाधार निर्माणका लागि ३ अर्बको लगानी गर्ने गरी सहमति पत्रमा हस्ताक्षर पनि भएको छ।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’