- सूचना, सञ्चार तथा प्रविधिमन्त्री जगदीश खरेलले लाप्चा क्षेत्रमा सञ्चार सेवा विस्तार गर्ने प्राथमिकता दिएको बताएका छन्।
- मन्त्रालयमा महासंघका मागको प्रतिलिपि बुझाउँदै मन्त्री खरेलले दुर्गम क्षेत्रका लागि सञ्चार सुविधा शीघ्र विस्तार गर्ने वचन दिए।
- लाप्चा क्षेत्र पर्यटकीय भए पनि सञ्चारको पहुँच नपुगेको हुँदा महासंघले सरकारलाई चाँडो सुविधा पुर्याउन आग्रह गरेको छ।
हुम्ला – सूचना, सञ्चार तथा प्रविधिमन्त्री जगदीश खरेलले पर्यटकीय क्षेत्र लाप्चामा पछिल्लो प्रविधिको सञ्चार सेवा विस्तार हुने बताएका छन्। नेपाल पत्रकार महासंघ हुम्ला शाखाको कात्तिक ४ गते लाप्चामा बसेको चौथो पूर्ण बैठकले गरेको निर्णय प्रतिलिपि बुझाउन मन्त्रालयमै पुगेका हुम्लावासीको टोलीलाई मन्त्री खरेलले सो कुरा बताएका हुन्।
महासंघ हुम्ला शाखाको निर्णयको प्रतिलिपि बुझ्दै मन्त्री खरेलले आफ्नो पहिलो प्राथमिकता दुर्गम क्षेत्रमा सञ्चार सुविधा पुर् याउने रहेको र अब हुम्लाको पर्यटकीय क्षेत्र लाप्चामा पनि चाँडै सञ्चार सुबिधा पुग्ने बताए।
मन्त्री खरेलले यसको सुरुवात तिलीचो र सूदुरपश्चिमका हिमाली जिल्लामा भएको र अब कर्णालीका दुर्गम क्षेत्रमा चाँडो सञ्चार सुविधा पु्र याउने बताए। लिमी उपत्यका र लाप्चा क्षेत्र पर्यटकीय क्षेत्र भएको र सञ्चारको पहुँच चाँडो पुर् याइने पनि मन्त्री खरेलले सो कार्यक्रमम बताएका थिए।
लाप्चा पर्यटकीय क्षेत्र भएको तर हालसम्म सञ्चार सुविधा पुगेको छैन। मानसरोवर कैलाशको दूरदर्शन गर्न जाने आन्तरिक तथा बाह्य पर्यटक सञ्चारबिनै सो क्षेत्र पुग्ने गर्दै आएका छन्।
हिमालपारिको गाउँ लिमी र यही क्षेत्रमा रहेको लाप्चामा हालसम्म सञ्चारको पहुँच नपुगेको भन्दै नेपाल पत्रकार महसंघ हुम्ला शाखाको चौथो बैठकले निर्णय गरेर नेपाल सरकारलाई माग गर्ने निर्णय गरेको थियो।
सरकारले जति सक्दो चााँडो न्यालु र लाप्चा क्षेत्रमा सञ्चारको पहुँच पुर्याउन महासंघले आग्रह समेत गरेको थियो। नेपालको लाप्चा क्षेत्रबाट मानसरोवर कैलाश मात्र नदेखिने बताउदै अरु पनि पर्यटकीय स्थल, जंगली जनावर, तालतलैया, झरना पनि प्रसस्त रहेकोले त्यसको प्रचार प्रसार गर्न पनि सञ्चारका पहुँच विस्तार गर्नु आवश्यक देखिन्छ। ताक्चीबाट सञ्चार सम्पर्क गर्न लिमीको जाङ गाउँमा दुई घण्टा हिडेर जानु पर्ने वा बोलेरो जीपमा तीन हजार खर्च गर्नुपर्ने अबस्था छ।
लाप्चा पुग्ने जो–कोही आन्तरिक वा बाह्य पर्यटकले प्रवेशद्वार सल्ली छिर्नेबित्तिक्कै सञ्चार सुविधाबाट बाहिरिनुपर्ने बाध्यता छ। लाप्चा जाने सवैले मोबाइलहरु फोटो खिच्न, भिडियो हेर्न र खिच्नका लागि बोक्नुपर्नेजस्तो देखिएको छ। महासंघको माग पत्र बुझाउन मन्त्रालयमा लिमीका स्थानीय कुन्जोक तामाङ, छिरिङ नैक्याप लामा कुन्जोक छिरिङ तामाङ, रामजन रावत, सूर्य रावत र नरेन्द्र रावत गएका थिए।

भर्खरै
लोकप्रिय






































































































































































































