पर्यटकीय सिजनमा हुम्लाका होटलहरूको कारोवार पौने सात करोड

पर्यटकीय सिजनमा हुम्लाका होटलहरूको कारोवार पौने सात करोड
+
-
देशसञ्चार AI सारांश
  • हुम्लाका होटल व्यवसायीले मानसरोवर कैलाश यात्रा सिजनमा लगभग पौने सात करोड रुपियाँको कारोवार गरेका छन्।
  • यस सिजनमा छ हजार भन्दा बढी भारतीय तथा अन्य देशका पर्यटकले हुम्ला भएर मानसरोवर कैलाशको यात्रा गरे।
  • पर्यटकले सिमकोट र हिल्साको होटलमा बास बस्ने गरेको र हरेक पर्यटकले दश हजार पाँँँच सय रुपियाँ खर्च गरे।

हुम्ला – मानसरोवर कैलाश यात्रा गर्ने सिजनमा हुम्लाका होटल ब्यवसायीले पौने सात करोडको कारोवार गरेका छन्। साँढे पाँच महिनामा सदरमुकाम सिमकोट र हिल्साका होटल ब्यवसायीहरूले सो कारोवार गर्न सफल भएका हुन्।

मानसरोवर कैलाश दर्शन गर्ने सिजनमा हुम्लाका होटलले ६ करोड ७२ लाख रुपियाँको कारोवार गरेको होटल ब्यवसायी संङ्घका अध्यक्ष मिमबहादुर तामाङले बताए। यसवर्ष बैशाखदेखि असोज तेस्रो सातासम्म छ हजर ४०७ जना भारतीय तथा अन्य देशका धार्मिक पर्यटकले मानसरोवर कैलशाको यात्रा गरेका थिए।

पर्यटकले नेपालगंजबाट सिमकोट आएर बास बस्ने र सिमकोटबाट हिल्सा गएर बास बस्ने गरेका थिए। त्यसैगरि तिनै पर्यटकले मानसरोवर कैलाशको दर्शनपछि पनि हिल्सा र सिमकोटमा बास बस्ने गरेका हुन। यसरी बास बस्दा हिल्सा र सिमकोटका होटललाई एक जना पर्यटकले दश हजार पाँँँच सय रुपियाँ खर्च गरेका हुन। अध्यक्ष तामाङको होटल पोतलाले मात्र यो सिजनमा ७८ लाख भन्दा बढीको कारोवार गर्न सफल भएको थियो। पर्यटकका लागि बास बस्न योग्य होटलहरू सिमकोटमा आठ वटा र हिल्सामा चार वटा स्थापना गरिएका छन। सिमकोट र हिल्साका होटलहरूले एक सय देखि एक हजार पाँच सय जना पर्यटकलाई बास दिएर दश लाख पचास हजारदेखि ७८ लाख ७५ हजार रुपियाँसम्म कारोवार गर्न सफल भएका थिए।

यसले गर्दा कोरोना पछि सदरमुकाम सिमकोट र चीनसँगको सीमानाका हिल्सामा रहेका होटल व्यवसायीले यस वर्ष राम्रो आम्दानी गर्न सफल भएका हुन। चीनले हुम्लाको हिल्सा नाका २०८१ साल वैशाख १८ गतेबाट सञ्चालमा ल्याएको थियो। तर त्यतिबेला भारतीय पर्यटकलाई मानसरोवर कैलाश दर्शन गर्ने अनूमति चीनले दिएको थिएन। २०८२ सालको बैशाखदेखि भारतीय पर्यटकलाई पनि मानसरोवर कैलाश दर्शन गर्ने अनूमति चीनले दिएपछि असोजको तेस्रो हप्तासम्म नेपालगञ्ज भएर हुम्ला हुँदै मानसरोवर कैलाश दर्शनका लागि पर्यटक आएका हुन्। मानसरोवर कैलाश दर्शनका लागि हुम्लाको रुट छोटो पर्छ।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’