विश्वकप लिग-२: अमेरिकासँग नेपालको फराकिलो हार

विश्वकप लिग-२: अमेरिकासँग नेपालको फराकिलो हार
+
-

काठमाडौँ – विश्वकप लिग-२ अन्तर्गत जारी सिरिजको आफ्नो पहिलो खेलमा नेपाल अमेरिकासँग १ सय ६ रनको फराकिलो अन्तरले पराजित भएको छ। अमेरिकाले दिएको २ सय ६३ रनको लक्ष्य पछ्याएको नेपालले १ सय ५६ रन मात्र बनाउन सक्यो। नेपाल केवल ३९.१ ओभरमा अलआउट भएको थियो।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ४० रन बनाउनु सर्वाधिक रह्यो। उनीबाहेक ओपनर आसिफ शेखले ३७ रन बनाउँदा भिम सार्कीले २९ रन र आरिफ शेखले २० रन बनाए।

त्यस्तै, सोमपाल कामीले ११ रन जोडे। अमेरिकाका लागि हर्मित सिंहले ६ विकेट लिए। उनले ८.१ ओभर बलिङ गर्दै २७ रन खर्चिएका थिए। त्यस्तै, शुभम रन्जन २ र रुशिल उगार्करले १ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २ सय ६२ रन बनाएको थियो। उसका लागि ओपनर स्मिथ पटेलले ७५ रन बनाउँदा मिलिन्डा कुमारले ७० रनको अर्धशतकीय इनिङस् खेले।

त्यस्तै, साइजा मुकमल्लाले ४२ रन बनाए। थप दोहोरो स्कोरका रुपमा शुभम रन्जनीले १९ रन बनाए भने एन्ड्रेइस गौसले ११ तथा शयन जहागिरले ११ रन बनाए। त्यस्तै, हर्मित सिंहले १६ रन बनाउँदा मोनक पटेलले १० रन बनाएका थिए। उसका हर्मित सिंह १६ रनमा अविजित रहे।

नेपालका लागि सन्दीप लामिछानेले २ विकेट लिँदा सोमपाल कामी, आरिफ शेख र दिपेन्द्र सिंह ऐरीले समान १-१ विकेट लिए।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’