काठमाडौँ – शान्ति सुरक्षाको अवस्था र निर्वाचन तयारीलाई तीव्रता दिन गृहमन्त्री ओमप्रकाश अर्याल मधेस जाने भएका छन्।
शान्ति सुरक्षाको अवस्था र चुनावका लागि आवश्यक तयारीबारे जानकारी लिन गृहमन्त्री ओमप्रकाश अर्याल सोमबार मधेस प्रदेशको भ्रमणमा जान लागेका हुन्।
अर्यालसँगै उद्योग र कानुनमन्त्री अनिलकुमार सिन्हा, युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता र गृहसचिव रामेश्वर दंगाल जाने भएका छन्।
सरकारले आउँदो फागुन २१ गतेका लागि चुनावको मिति तय भएको छ।
सोमबार र मंगलबार दुई दिन मधेस प्रदेशका विभिन्न जिल्लामा पुगेर उनीहरुले शान्ति सुरक्षाको अवस्थाबारे जानकारी लिने, अवस्था सुधारका लागि निर्देशन दिनेछन्।

भर्खरै
लोकप्रिय






































































































































































































