काठमाडौँ – बिरामीको मृत्युलाई लिएर किष्ट अस्पतालमा तनाव भएको छ। मृतकका आफन्तले प्रहरी घेरा तोडेर अस्पताल तोडफोड गरेका छन्।

स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ। प्रहरीमाथि पनि ढुंगा र इँटा प्रहार भएको छ।
कार्तिक ७ गते अस्पतालको लापरबाहीले गर्भवती महिलाको ज्यान गएको आरोप आफन्तहरुको छ।

अहिलेसम्म अस्पतालले संवादका लागि समेत नबोलाएको उनीहरुको भनाइ छ। आक्रोशित आफन्तहरुले हिजो अस्पतालमा सामान्य तोडफोडसमेत गरेका थिए।

तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी

भर्खरै
लोकप्रिय






































































































































































































