विगतका कमीकमजोरी स्वीकार गर्छौ : खड्का

विगतका कमीकमजोरी स्वीकार गर्छौ : खड्का
+
-
देशसञ्चार AI सारांश
  • कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विगतका कमीकमजोरी स्वीकार गरी अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।
  • खड्काले संविधानको रक्षा र लोकतन्त्रको संरक्षणमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने निर्णयमा जोड दिएका छन्।
  • राष्ट्रपति रामचन्द्र पौडेलको संकट समाधानमा महत्वपूर्ण भूमिका रहेको भन्दै खड्काले युवाहरुलाई संयमित रहन आह्वान गरे।

काठमाडौँ – कांग्रेसका कार्यावहक सभापति पूर्णबहादुर खड्काले आफ्नो पार्टीले विगतमा भएका कमीकमजोरी स्वीकार गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।

सोमबार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित पार्टीको भ्रातृ संगठन नेपाल तरुण दलको ७३ औं स्थापना दिवसको अवसर पारेर एक कार्यक्रममा खड्काले विगतमा भएका कमीलाई स्वीकार गर्दै अघि बढ्ने बताएका हुन्।

कार्यवाहक सभापति खड्काले आफ्नो पार्टीले फेरी संविधानको रक्षाका लागि नेतृत्वदायी भुमिका निर्वाह गर्ने समेत बताए। चालु केन्द्रिय समिति बैठकले संविधानको रक्षा, लोकतन्त्रको रक्षा र नेपाली जनताको भरोसालाई कायम गर्ने गरी आवश्यक निर्णय लिने र मुलुकलाई समस्याबाट मुक्त गराउने कार्यवाहक सभापति खड्काको दावी थियो ।

उनले मुलुकलाई संकटबाट निकास दिनका लागि संयमित भएर अघि बढन पार्टीका युवाहरुलाई आह्वान समेत गरे।

कार्यवाहक सभापति खड्काले भने, ‘बृहत एकतावद्ध भएर फेरि नेपाली जनताले, नेपालको माटोले, नेपाल राष्ट्रले, विगतको इतिहासको कालखण्डजस्तै फेरि कांग्रेसबाट अपेक्षा गरेको छ । आशा गरेको छ, भरोसा गरेको छ । हाम्रा विगतमा कमीकमजोरीहरु भए होलान् । ती कमीकमजोरीहरुलाई स्वीकार्छौ ।’

कार्यवाहक सभापति खड्काले मुलुकलाई संकटबाट मुक्त गराउन राष्ट्रपति रामचन्द्र पौडेलले खेल्नुभएको भुमिका उल्लेखनीय रहेको टिप्पणी गरे।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’