काठमाडौँ – सर्वोच्च अदालतको वेबसाइट सञ्चालनमा आएको छ।
जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालत ध्वस्त भएपछि अनलाइन र विद्युतीय अभिलेखसमेत हटेको थियो। सोमबारदेखि वेबसाइटलाई पूर्ववत अवस्थामा फर्काइएको साहायक प्रवक्ता निराजन पाण्डेले जानकारी दिए।
फैसला तथा महत्वपूर्ण कागजातहरुलाई विद्युतीय रुपमा अभिलेख गरिएको सम्पूर्ण डाटाहरु रिकभर गरिएको पाण्डेले बताए। तर प्रारम्भिक चरणमा भएकाले केही समस्या भने आउन सक्नेछ।
अदालतको हेटौडामा रहेको ब्याकअप सेन्टर बाट डाटा रिकभर गरेर वेबसाइट सञ्चालनमा ल्याइएको हो। वेवसाइट नचल्दा देशभरका अरु अदालतको काम कारबाहीसहेत प्रभावित भएको थियो।
अदालतमा विध्वंश: दश भवन, ४२२ सवारी, ९ लाख ३३ हजार मुद्दाका मिसिल खरानी

भर्खरै
लोकप्रिय






































































































































































































