 
                            -  पावरफुल युवा क्लवले अदानचुली युवा क्लवलाई ३–१ सेटले पराजित गर्दै जिल्लास्तरीय पुरुष भलिवल प्रतियोगिता जितेको छ।
 
-  सर्केगार्ड गाउँपालिकाको भैरव स्मृति क्लवले महिला भलिवलको उपाधि सर्केगार्ड गाउँपालिका–३ लाई ३–१ सेटले जित्यो।
 
- प्रतियोगितामा पुरुषतर्फ ११ र महिलातर्फ ८ टिमले सहभागिता जनाएका थिए, दस दिनसम्म प्रतियोगिता चल्यो।
हुम्ला – जिल्लास्तरीय पुरुष भलिवल प्रतियोगितामा पावरफुल युवा क्लव विजयी भएको छ। प्रतियोगिताको फाइनलमा अदानचुली युवा क्लवलाई पराजित गर्दै पावरफुल युवा विजेता भएको हो।
जिल्लास्तरीय भलिबल प्रतियोगिताको फाइनल खेलमा अदानचुली युवा क्लवलाई ३–१ सेटले पराजित गर्दै पावरफुल युव क्लव विजेता भएको हो। विजेता टिमलााई एक लाख पच्चीस हजार नगद पुरस्कार, ट्रफी, खेलाडीलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।
उपविजेता अदानचुली युवा क्लवलाई ७५ हजार नगद, मेडल र पुरस्कार प्रदान गरिएको थियो। प्रतियोगितामा पुरुषका एघार वटा टिमले सहभगिता जनाएका थिए।
त्यसैगरी जिल्लास्तरीय महिला भलिवल प्रतियोगिताको फाइनलमा सर्केगार्ड गाउँँँपालिका– ३ लाई पराजित गर्दै सर्केगाार्ड गाउँपलिका– ४ को भैरव स्मृति क्लव विजेता भएको छ। उक्त प्रतियोगितामा पनि सर्केगार्ड गाउँपालिका– ३ लाई भैरव स्मृति क्लवले ३–१ को सेटमा विजेता भएको थियो।
महिलातर्फको भलिबल प्रतियोगिताको विजेता टिमलाई ८० हजार नगद, ट्रफी, खेलाडीलाई मेडल प्रदान गरिएको थियो भने उपविजेता टिमलाई पचास हजार नगद तथा खेलाडीलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो।
महिलातर्फ आठ वटा टिमको सहभगिता थियो। चङ्खेली गाउँपालिकाको प्रयोजनमा चङ्खेली युवा क्वलले प्रतियोगिता आयोजना गरेको हो। असोज ३० गतेबाट सुरु भएको प्रतियोगिता दश दिनसम्म सञ्चालन भएको थियो।

 
                                                                             
                             
                             
                             
                             
                             भर्खरै
भर्खरै लोकप्रिय
लोकप्रिय 
                                         
                                         
                                         
                                         
                                        
 
                 
                 
                 
                 
                 
                 
                 
                 
                




















 
 





































































 
 







































 
 

































































