काठमाडौँ – नेपालले त्रिदेशीय महिला फुटबल प्रतियोगितामा भारतलाई पराजित गर्दै दोस्रो भएको छ।
स्ट्राइकर सावित्रा भण्डारीले दुई गोल गर्दा नेपालले भारतलाई २-१ ले पराजित गर्दै पहिलो जित निकाल्यो। प्रतियोगिताको उपाधि भने इरानले जित्न सफल भयो। इरानले नेपाल र भारतलाई पराजित गरेको थियो।
शिलोङको जवाहरलाल नेहरू रंगशालामा सोमबार बेलुका सम्पन्न खेलमा घरेलु टोली भारतमाथि पहिलो र दोस्रो हाफमा नेपालले १-१ गोल गर्यो। भारतले खेलको अन्त्यतिर एक गोल फर्काए पनि टिमको हार टार्न पर्याप्त भएन।
प्रतियोगितामा इरानले भारतलाई २-० र नेपाललाई ३-० ले पराजित गरेको थियो। प्रतियोगिता जितसहित अन्त्य गर्ने क्रममा नेपालले सुरुवातबाटै भारतलाई दबाबमा राख्यो। खेलको दोस्रो मिनेटमै साम्बाले नेपाललाई सुरुआती अग्रता दिलाइन्। डिफेन्स लाइनबाट आएको लामो क्रसमा उनले गोल गर्दै टिमलाई अग्रता दिलाइन्।
नेपालले दोस्रो हाफमा पनि अर्को एक गोल थप्यो। यसपल्ट पनि साम्बा उत्कृष्ट गोल गरिन्। ६३औं मिनेटमा नेपालले पाएको फ्रिकिकको मौकामा उनले गरेको प्रहार सिधै गोलमा परिणत भएको थियो।
खेलको ८१औँ मिनेटमा करिश्मा सिरभोकरले गोल फर्काइन्। निर्माला देवीबाट फ्रिककमा आएको बल बाउन्स हुँदै नेपाली डिफेन्डर विमला विकसामु पुगेको थियो। तर, उनले रोक्न नसक्दा वैकल्पिक खेलाडी करिश्माले गोल गर्दै भारतलाई गोलविहीन अवस्थाबाट बचाएकी थिइन्। तर, हार टार्न भने उनको गोल पर्याप्त भएन।

भर्खरै
लोकप्रिय






































































































































































































