बिराटनगर- उदाउँदो सूर्यलाई अर्घ्य दिएर विधिवतपूर्वक छठको समापन गरिएको छ ।
सोमबार बेलुका अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर व्रत वसेका व्रतालु भक्तजनहरुले छठको अन्तिम दिन आज विहान विराटनगरको सिंघिया खोलाबाट उदाउँदो सूर्यलाई अर्घ्य दिएका हुन् ।
विराटनगर महानगरपालिका र कटहरी गाँउपालिकाको सीमा भएर बग्ने सिंघिया खोलामा विहानैबाट भक्तजनहरुको उल्लेख्य भीड रहेको थियो ।
यस क्रममा व्रतालु भक्तजनहरुले पूजा आराधना गरेका थिए । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यस पर्वमा सूर्यदेवको उपासना गरि पूजा गरिन्छ ।
शनिबार नहाय खायबाट सुरु भएको छठ पर्व सम्पन्न भएको हो । यसक्रममा विराटनगरको सिंघिया खोला, केशलिया खोला, सुनसरी मोरंग सिचाई योजनाको नहर, पोखरीमा धुमधामका साथ यो पर्व मनाइएको हो ।
पछिल्लोसमय खोला, नदी, पोखरीसंगै व्रतालु भक्तजनले आफ्नै घरपरिषरमा सानो खाल्डोमा पानी जमाएर छठ पर्व मनाउने गर्छन्।


भर्खरै
लोकप्रिय






































































































































































































