दाङ – दाङमा सालको अवैध काठसहित दुई जना पक्राउ परेका छन्।
गत कार्तिक ३ गते बिहान करिब ८ बजे राप्ती गाउँपालिका–१ पुलचोकस्थित पूर्व–पश्चिम राजमार्गमा नियमित चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले मंगलबार यसबारे जानकारी गराएको हो।
प्रहरी चेकिङ टोलीले कालाकाटेबाट पाखापानीतर्फ जाँदै गरेको रा १ त २१२१ नम्बरको ट्र्याक्टर जाँच गर्ने क्रममा अवैध रुपमा ल्याइएका सालका चिरान काठ बरामद गरेको हो।

उक्त ट्र्याक्टर चालक दाङको गढवा गाउँपालिका–१ कालाकाटे बस्ने ३९ वर्षीय विकास घर्तिमगर र काठ खरिद गरी ल्याउने राप्ती गाउँपालिका–१ पाखापानी बस्ने ४३ वर्षीय डिल्लीराज गिरी रहेको प्रहरीले जनाएको छ।
ट्र्याक्टरमा सालका १४ थान चिरान काठ (३८.८७ क्युफिट) फेला परेको प्रहरीले जनाएको छ। उक्त काठको अनुमानित मूल्य ४८ हजार ५ सय ८७ रुपैयाँ बराबर रहेको बताइएको छ।
पक्राउ परेका व्यक्तिहरूलाई ट्याक्टर र काठसहित आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय लमही पठाइएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।

भर्खरै
लोकप्रिय






































































































































































































