निर्वाचनलक्षित रास्वपाको तयारी: मतदाता अभियानदेखि समानुपातिक उम्मेदवारी आह्वानसम्म

निर्वाचनलक्षित रास्वपाको तयारी: मतदाता अभियानदेखि समानुपातिक उम्मेदवारी आह्वानसम्म
+
-
देशसञ्चार AI सारांश
  • राष्ट्रिय स्वतन्त्र पार्टीले राजनीतिक संवाद र मतदाता दर्ता अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।
  • कार्तिक १४ गते बृहत् राजनीतिक संवाद आयोजना गरी देशको दीर्घकालीन रूपान्तरणका लागि मार्गचित्र तयार गर्नेछ।
  • पार्टीले अभियान र गतिविधिहरू सुचारु गर्न वडा, पालिका, जिल्ला तहलाई निर्देशन दिइएको जनाएको छ।

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालयको गत कार्तिक ९ र ११ गते बसेको बैठकका निर्णयहरू सार्वजनिक गरेको छ।

पार्टीले ‘बृहत् राजनीतिक संवाद’ आयोजना गर्नेदेखि लिएर मतदाता नामावली दर्ता सहजीकरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।

पार्टीले जेन-जी पुस्ताको हस्तक्षेपपछि बदलिएको राजनीतिक परिवेशलाई मध्यनजर गर्दै कार्तिक १४ गते “बृहत् राजनीतिक संवाद” आयोजना गर्ने निर्णय गरेको छ।

यस संवादको मुख्य उद्देश्य प्राप्त उपलब्धिहरूको दिगो संरक्षण गरी मुलुकको दीर्घकालीन रूपान्तरणका लागि मार्गचित्र तयार गर्नु रहेको रास्वपाले जनाएको छ।

यसका साथै, पार्टीले मतदाता नामावली दर्ता सहजीकरण अभियान सञ्चालन गर्ने योजना सार्वजनिक गरेको छ। कार्तिक ११ देखि २५ गतेसम्म चल्ने यो अभियान पार्टी संयन्त्र रहेको हरेक वडा, पालिका, निर्वाचन क्षेत्र र जिल्ला तहमा लागू हुनेछ।

सचिवालय सदस्य गणेश पराजुलीले केन्द्रीय अभियान तथा प्रचारप्रसार विभागसँग समन्वय गरेर यो अभियानको संयोजन गर्ने जिम्मेवारी पाएका छन्।

पार्टीको आन्तरिक गतिविधिहरूलाई नियमित र सुचारु गर्न पनि सचिवालयले जोड दिएको छ। विशेषगरी, पार्टीको वडा र पालिका अधिवेशनहरू सुचारु गर्ने, जिल्ला तह र प्रवासमासमेत प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गर्ने निर्णय गरिएको छ।

साथै, पार्टीको हरेक तहलाई आफ्नो क्षेत्र/भूगोलमा विभिन्न अभियानहरू सञ्चालन गर्न निर्देशन दिइएको छ, जसले पार्टीलाई जनतामाझ थप सक्रिय बनाउने अपेक्षा रास्वपाको छ।

आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीका लागि समानुपातिकतर्फको उम्मेदवारी आह्वान गर्न आवश्यक दस्तावेजबारे छलफल गरिएको र २०८२ कार्तिक २२ भित्र समानुपातिक तर्फको उम्मेदवारी आह्वान गर्ने निर्णय पनि पार्टीले गरेको छ।

 

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’