काठमाडौँ– मन्त्रिपरिषद् बैठक बसिरहेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
राजनीतिक दलका प्रतिनिधि र जेनजी प्रतिनिधिसँग संयुक्त छलफल गर्नुअघि बैठक बसेको हो। बैठकमा कुन विषयमा छलफल हुने भन्ने विषय खुलेको छैन।
प्रधानमन्त्री सुशीला कार्कीले तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेपछिको यो पहिलो मन्त्रिपरिषद् बैठक हो। बैठमा नवनियुक्त स्वास्थ्य मन्त्री डाक्टर सुधा शर्मा र युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता पनि सहभागी छन्।

भर्खरै
लोकप्रिय






































































































































































































