मोरङ – त्रिभुवन विश्वविद्यालय राजिष्ट्रारको कार्यालयले कोशी प्रदेश योजना उपाध्यक्ष डा. राजेन्द्र अधिकारीको बिदा अस्वीकृत गरेको छ। झापाको मेची बहुमुखी क्याम्पसमा उपप्राध्यापकको जिम्मेवारीमा रहेका विर्तामोडका डा. अधिकारीको बिदालाई विश्वविद्यालयले अघि नबढाएपछि उनी राजीनामा दिने मनस्थितिमा पुगेका हुन्।
यद्यपि, उनी विश्वविद्यालयका भाइस चान्सलरबीच १८ गतेसम्मको पर्खन भनिएको हुँदा आउँदो निर्णयको पर्खाइमा छन्। बिदा स्वीकृतका लागि आफूले आग्रह गरे पनि विश्वविद्यालयको अन्तिम निर्णयमा आफू सहमत हुने उनको भनाइ छ। त्रिभुवन विश्वविद्यालयका अनुसार एक वर्षदेखि डा. अधिकारी विश्वविद्यालयतर्फ बेतलबी बिदामा थिए।
त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को जेठ २८ गते सम्पन्न बैठकले डा. अधिकारीको बेतलबी काज थप स्वीकृत गर्न नसकिने जनाएको छ।
विश्वविद्यालय रजिष्ट्रारको कार्यालयका अनुसार विश्वविद्यालयको सो निर्णयबारे उनी कार्यरत झापास्थित मेची बहुमुखी क्याम्पसलाई असोज २३ गते जानकारी गराएको छ। मेची बहुमुखी क्याम्पस झापाका उपप्राध्यापक अधिकारी २०८१ जेठमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेका थिए।

भर्खरै
लोकप्रिय






































































































































































































