काठमाडौं- नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) प्रकाश रानाभाटले बुधबार राजीनामा बुझाएका छन्।
उनी सुदूरपश्चिम प्रदेश कार्यालयमा कार्यरत थिए।
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार उनले बुधबार नै प्रहरी प्रधान कार्यालय, नक्सालमा राजीनामा बुझाएका हुन्।
पारिवारिक कामको कारणले राजीनामा दिएको र अन्य कुनै कारण नभएको रानाभाटले बताएका छन्।
प्रहरी अधिकारीले दिएको राजीनामा प्रहरी महानिरीक्षकले स्वीकृत गरेर गृह मन्त्रालय पठाउनुपर्छ। ‘यो अहिले प्रक्रियामा छ,’ एक उच्च प्रहरी अधिकारीले बताए।

भर्खरै
लोकप्रिय






































































































































































































