काठमाडौँ– सरकारले राष्ट्रिय सभा रिक्त सदस्यको निर्वाचन आगामी माग ११ गते गर्ने निर्णय गरेको छ। बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो।
त्यसैगरी बैठकले राष्ट्रपति रामचन्द्र पौडेलको चार दिने कतारको औपचारिकभ्रमण पनि स्वीकृत गरेको छ। कतारको दोहामा आयोजना हुने सेकेन्ड वल्ड समिट फर सोसल डेभलप्मेन्ट विषय कार्यक्रममा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा कात्तिक १७ देखि २० गतेसम्म हुने औपचारिक भ्रमण स्विकृत गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेललेकाअनुसार बैठकले नेपाल र मोरिससबीच भएको दोहोरो करमुक्ति सम्झौता अन्त्य गर्ने निर्णय गरेको छ।
संघीय संसद्का पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धि ऐन २०७३ को अनुसुचि २मा हेरफेर गर्ने निर्णय भएको छ। यसमा स्वकीय सचिवालयको दरबन्दी घटाउने निर्णय भएको छ।
छापाखाना र प्रकाशनसम्बन्धि दोस्रो संशोधन नियमावली २०८२ स्विकृत गर्ने निर्णय भएको छ।

भर्खरै
लोकप्रिय






































































































































































































