काठमाडौँ- अहिले देशका विभिन्न भागमा पश्चिमी वायु र बङ्गालको खाडीमा बनेको ‘मोन्था’ चक्रवातको प्रभाव परेकाले उपत्यकासहित विभिन्न स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ ।
पश्चिमी वायुको सक्रिय प्रभाव र अरब सागरमा बनेको न्यून चापीय प्रणालीका साथै बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को आंशिक प्रभाव देशैभरी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहितका पहाडी भू–भागमा आज दिउँसो अधिकांश समय बादल लाग्ने छ भने तराईका भू–भागमा सामान्य बदली रहनेछ ।
कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना छ । गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा हुने विभागको पूर्वानुमान छ ।
आज उपत्यकामा बिहानैदेखि वर्षा हुँदा जनजीवन केही प्रभावित भएको छ ।
थप तस्बिरहरू:


तस्बिर: नेपाल फोटो लाइब्रेरी ।

भर्खरै
लोकप्रिय






































































































































































































