बालेनको दबाबमा गृहमन्त्री अर्याललाई हटाउने भन्ने खबर असत्य र भ्रमपूर्ण: प्रधानमन्त्रीको सचिवाल

बालेनको दबाबमा गृहमन्त्री अर्याललाई हटाउने भन्ने खबर असत्य र भ्रमपूर्ण: प्रधानमन्त्रीको सचिवाल
+
-

काठमाडौँ- प्रधानमन्त्रीको स्वकीय सचिवालयले गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले दबाब दिएको भन्ने समाचारहरू असत्य र भ्रमपूर्ण भएको जनाएको छ।

‘मन्त्री नियुक्ति वा हटाउने विषय पूर्णरूपमा सम्माननीय प्रधानमन्त्रीको अधिकारक्षेत्रभित्र पर्ने विषय हो, र कसैको दबाब वा प्रभावमा आधारित भएर यस्तो निर्णय हुन सक्दैन,’प्रधानमन्त्रीको सचिवालयबाट बिहीबार जारी प्रेस विज्ञप्तिमा भनिएको छ।

विज्ञप्तिमा गृहमन्त्री अर्यालले हालको असामान्य राजनीतिक परिस्थितिमा राष्ट्रको गम्भीर जिम्मेवारी वहन गर्दै आगामी निर्वाचनका लागि अनुकूल वातावरण निर्माण, शान्ति-सुरक्षा कायम राख्ने र सुरक्षा निकायहरूको मनोबल उच्च राख्ने कार्यमा निरन्तर जुटिरहेको उल्लेख गरिएको छ।

सचिवालयले हालका समाचारहरूलाई ‘अफवाह’ भन्दै यस्ता भ्रमपूर्ण जानकारी नफैलाउन र नपत्याउन सबै सरोकारवालाहरूलाई आग्रह गरेको छ।

विज्ञप्तिमा भनिएको छ,’गृहमन्त्री अर्यालले राष्ट्रको जिम्मेवारी निर्वाह गर्न अहोरात्र खटिरहनुभएको तथ्य सबैलाई विदित छ। यस संवेदनशील परिस्थितिमा असत्य समाचारहरू प्रसार गर्नु गैरजिम्मेवार व्यवहार हो।”’

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’