विश्वकप लिग-२: युएईविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल

विश्वकप लिग-२: युएईविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल
+
-

दुबई- आईसीसी विश्वकप लिग–२ अन्तर्गत पाँचौँ चरणको दोस्रो खेलमा नेपालले युएईविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।

आजको खेलका लागि नेपालले अमेरिकाविरुद्ध खेलेको प्लेइङ–११ लाई यथावत् राखेको छ।

लगातार अस्थिर प्रदर्शनका कारण अंकतालिकाको अन्तिम स्थानमा रहेका नेपाल र युएई दुबैका लागि आजको खेल महत्वपूर्ण मानिएको छ। त्रिकोणात्मक सिरिजमा अमेरिकाले दुबै खेल जितेकाले नेपाल र युएई दुवै टोली पहिलो जितका लागि मैदानमा उत्रिएका हुन्।

१७ खेलमा पाँच जित हात पारेको नेपालका लागि यो खेल युएईलाई पराजित गर्दै लिगको कठिन अवस्थाबाट बाहिर निस्कने अवसरका रूपमा देखिएको छ। उता, लगातार हारपछि कमजोर बनेको युएई पनि जित निकालेर पुनः लयमा फर्किने प्रयासमा छ।

दुबई अन्तर्राष्ट्रिय मैदानमा खेल केहीबेरमा सुरु हुँदैछ। नेपालले युएईविरुद्ध पछिल्ला पाँच खेलमा लगातार जित हासिल गरेको छ भने युएई आफ्नै मैदानमा बलियो प्रदर्शन दोहोर्याउने लक्ष्यसहित मैदानमा उत्रँदैछ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’