फिल्म ‘जारी २’ले ‘जारी’को कमाइलाई उछिन्ला?

फिल्म ‘जारी २’ले ‘जारी’को कमाइलाई उछिन्ला?
+
-
देशसञ्चार AI सारांश
  • नेपाली फिल्ममा कलाकार दयाहाङ राई र मिरुना मगरकाे जोडीले हिट चलचित्र दिने कारण निर्माताहरूको ध्यान खिचेका छन्।
  • ‘जारी’ फिल्मले १७ करोड ४८ लाख रुपैयाँको ग्रस आम्दानी गर्दै पाँचौं सर्वाधिक कमाउने नेपाली फिल्म बनेको थियो।
  • ‘जारी-२’ कार्तिक २१ गते नेपाल र अमेरिकामा रिलिज हुँदैछ, अमेरिकाका विभिन्न राज्यमा एड्भान्स टिकट बिक्री सुरू भइसकेको छ।

नेपाली फिल्ममा सर्वाधिक रूचाइएकाे जाेडीका रूपमा लिइन्छ, कलाकार दयाहाङ राई र मिरुना मगरलाई। ‘कबड्डी ४’बाट सहकार्य गर्दै आएका राई र मगरले हिट चलचित्र दिने कलाकारमा पर्छन्। याे जाेडी भएका फिल्ममाथि लगानी गर्न निर्मताहरू हानथाप गर्छन्।

उनीहरूको ‘केमेस्ट्री’ दर्शकले मन पराउने र फिल्म पनि धमाधम सफल हुन थालेपछि निर्माता निर्देशकको रोजाईको जोडी भएका हुन्।दयाहाङ र मिरुनाले हिट जोडीको ट्यागसमेत पाए।  ‘हामीले सहकार्य गर्दा राम्रो कथाहरू पनि पायौ। अझ भन्नुपर्दा हामीलाई सुहाउने कथा भेट्यौ। यसकारण हाम्रो जोडी रुचाइयो,’मिरुनाले कतै भनेकी थिइन्। मिरुना दयाहाङलाई गुरु मान्छिन्  र दयाहाङको साथ र उनीसँगको सहकार्यले नै आफ्नो प्रगति भएको बताउँदै आएकी छन्।

कवि, फिल्म लेखक उपेन्द्र सुब्बा निर्देशित फिल्म ‘जारी’ सर्वाधिक सफल चलचित्र बनेकाे थियाे। चलचित्र विकास बोर्डका अनुसार १७ करोड ४८ लाख रुपैयाँ ग्रस थियाे। घरेलु फिल्म इतिहासमा पाँचौ सर्वाधिक कमाउने फिल्म बनेको थियाे।

यतिखेर ‘जारी’ काे दाेस्राे श्रृंखला ‘जारी-२’ प्रदर्शनकाे तयारीमा छ। कार्तिक २१ गतेदेखि सार्वजनिक हुने जारी-२ काे नेपाल तथा अमेरिकामा एड्भान्स टिकट बिक्री सुरु भइसकेको छ। अमेरिकाका आठ हलले ३८ शोजका साथ ‘जारी २’ को प्रदर्शन गर्दैछन् र अन्तर्राष्ट्रिय बजारमा सेभेन सिज इन्टरन्यासनलले फिल्मलाई ल्याउँदैछ।

नेपाली बहुल राज्यहरू कोलोराडो, एरिजोना, क्यालिफोर्निया, म्यासाचुसेट्स, नर्थ ह्याम्सायर र न्यूयोर्ककाका ८ हलले शोज प्रकाशित गरेका छन्। कोलोराडोका हर्किन्स थिएटर र वेस्ट मिस्टिर, एरिजोनाको हर्किन्स थिएटर, क्यालिफोर्निया–म्यासाचुसेट्स–न्यू ह्याम्सायर र न्यूयोर्क सिटी तथा राज्यका एप्पल सिनेमाज चेनले पनि बुकिङ खोलेका छन्।

बलियो शिल्प, कथावाचन, आदिवासी सौन्दर्य र दृश्यभाषाको सशक्त प्रस्तुतिको कारण यो फिल्म दर्शकमाझ ब्यापक उत्साह बाेकेकाे चलचित्रमा दरिएकाे छ। निर्माताले यसको दोस्रो श्रृंखला दर्शकमाभ ल्याउन लागेका छन्। याे फिल्मले अघिल्लाे श्रृंखला जारीको कमाइलाई उछिन्ला?

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’