माओवादीसँग एकताका लागि हतार गर्नहुन्न: भुसाल

माओवादीसँग एकताका लागि हतार गर्नहुन्न: भुसाल
+
-

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले माओवादी केन्द्रसँग एकता गर्नेबेला नभएको धारणा राखेका छन्।

बुधबारदेखि चलेको पार्टीको केन्द्रीय कमिटीको बैठकमा धारणा राख्दै भुसालले पार्टी एकताका लागि अहिले नै उपयुक्त समय नभएको बताएका हुन्।

उनले विचार, संगठनको रुपान्तरण गरेर मात्रै एकता गर्नु पर्ने उल्लेख गरे। एक केन्द्रीय सदस्यका अनुसार भुसालले एकताका विषय हतारमा निर्णय गर्नुअघि विचार गर्नुपर्ने मत राखेका छन्।

नेताहरुबीच मात्रै हुने एकताले समस्याको समाधान गर्न नसक्ने उनको दाबी छ।

एकीकृत समाजवादीले माओवादीसँगको एकतालाई अन्तिम रुप दिन केन्द्रीय कमिटी बैठक राखे पनि महासचिव भुसाल, सम्मानित नेता झलनाथ खनाल अहिले एकता नगर्ने पक्षमा उभिएका छन्।

अध्यक्ष माधव नेपालपक्ष भने एकतामा ढिलो गर्न नहुने भन्दै बहुमतका आधारमा भने पनि निर्णय गरेर अघि बढ्ने पक्षमा देखिएको छ। बैठक शुक्रबार सक्ने तयारी छ।

–फाइल तस्बिर

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’