नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने

नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने
+
-

काठमाडौँ – नेपालले फिफा विन्डोअन्तर्गत आगामी १३ नोभेम्बरमा बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ। अखिल नेपाल फुटबल संघ एन्फाले बंगलादेशमा नै प्रतियोगिता हुने जानकारी दिएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार सामाजिक सञ्जालमार्फत बंगलादेशसँग उसकै मैदानमा मैत्रीपूर्ण खेल हुने जानकारी गराएको हो।

बंगलादेशले एएफसी एसियन कप छनोटको तेस्रो चरणअन्तर्गत नोभेम्बर १८ मा भारतसँग खेल्दै छ। त्यसैको तयारीस्वरुप बंगलादेशले नेपालको आतिथ्य गर्न लागेको हो।

नोभेम्बर १८ मै नेपालले छनोट प्रतियोगितामा घरेलु मैदानमा हुने खेल मलेसियासँग उसकै मैदानमा हुनेछ। गत सेप्टेम्बरको पहिलो साता नेपाल र बंगलादेशबीच दुई अन्तर्राष्ट्रिय खेल हुने तय थियो।

पहिलो खेल गोलरहित बराबरीमा टुंगिएको थियो। दुई दिनको आरामपछि दोस्रो खेल हुने तालिका थियो। तर, जेनजी आन्दोलनका कारण खेल स्थगित हुन पुगेको थियो।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’