काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनका लागि गोल्छा ग्रुपले सहकार्य अगाडि बढाएको छ।
नक्सालमा बिहीबार एक कार्यक्रम आयोजना गर्दै एनपिएल र गोल्छाले आगामी सिजनका सहकार्य अगाडि बढाएका हुन्। गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छा र क्यानका सचिव पारस खड्काले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।
सम्झौताअनुरूप एनपिएलका इमर्जिङ प्लेयर, सर्वाधिक विकेटकर्ता र सर्वाधिक रनकर्ताले समान एउटा पल्सर मोटरसाइकल प्राप्त गर्ने छन्। त्यसबाहेक अन्य आर्थिक पक्ष भने खुलाइएको छैन।
निर्देशक गोल्छाले लामो समयदेखि खेलकुदमा जोडिरहेको र एनपिएलसँग जोडिनु सुखद पक्ष रहेको बताए। सचिव खड्काले यो सम्झौताले क्रिकेट विकासमा योगदान पुर्याउने आशा राखे।
एनपिएलको दोस्रो सिजन आगामी मंसिर १ देखि २७ सम्म हुँदै छ। क्यानको आयोजनामा गत वर्षबाट सुरु भएको एनपिएलमा आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन्।
जनकपुर बोल्टस पहिलो सिजनको च्याम्पियन हो। जनकपुरले फाइनलमा सुदूरपश्चिम रोयल्स हराएको थियो।

भर्खरै
लोकप्रिय






































































































































































































