 
                            काठमाडौँ- गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सार्वजनिक सम्पत्तिसँगै निजी क्षेत्रका उद्योग, व्यवसायमा नोक्सानी भएको भन्दै गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई सुरक्षात्मक वातावरण तयार गर्न आग्रह गरेको छ।
गृह मन्त्रालयको शान्ति, सुरक्षा तथा अपराध नियन्त्रण शाखाले कात्तिक १३ गते एक सर्कुलर जारी गर्दै प्रदर्शनका क्रममा भएको हानिले निजी क्षेत्रका व्यवसायमा असर पर्ने सम्भावना भएकाले अब सुरक्षात्मक वातावरण तयार गर्न निर्देशन दिएको हो।
यसका लागि जिल्ला स्तरीय उद्योग वाणिज्य संघ लगायत व्यावसायिक संगठनहरूलाई सहभागी गराई जिल्ला सुरक्षा समितिको संयोजनमा बैठक गरी आवश्यक व्यवस्था मिलाउन पनि आग्रह गरिएको छ।
सर्कुलरमा भनिएको छ, ‘सार्वजनिक तथा निजी क्षेत्रका सम्पत्तिमा हानि, नोक्सानी हुन नदिन सुरक्षात्मक वातावरण तयार गरी सम्बन्धित निकायको सहभागितामा बैठक राखी आवश्यक कदम चाल्न अनुरोध गरिन्छ।’

 
                                                                             
                             
                             
                             
                             
                             भर्खरै
भर्खरै लोकप्रिय
लोकप्रिय 
                                         
                                         
                                         
                                         
                                        
 
                 
                 
                 
                 
                 
                 
                 
                 
                




















 
 





































































 
 







































 
 

































































