 
                            काठमाडौँ- काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरणले सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका र मापदण्ड विपरीतका संरचना सात दिनभित्र हटाउन निर्देशन दिएका छन्।
गत असोज २ गते महानगरपालिका र उपत्यका विकास प्राधिकरणको संयुक्त बैठकले गरेको निर्णय अनुसार, आज सार्वजनिक सूचना जारी गरी अतिक्रमण भएको क्षेत्र खाली गर्न निर्देशन दिइएको हो।
महानगरपालिकाले काठमाडौं महानगर क्षेत्रभित्र तथा सीमा जोडिएका जिल्लाका सार्वजनिक स्थानमा भएका अतिक्रमित र मापदण्ड विपरीतका संरचना तोकिएको समयभित्र नहटाइए कानुन बमोजिम कारबाही गरिने चेतावनी समेत दिएको छ।
काठमाडौं महानगरपालिकाले लामो समयदेखि काठमाडौंका खोला किनारमा अतिक्रमण गरेर बसेका बस्तीहरू खाली गराउने प्रयास गर्दै आएको छ।
कतिपय स्थानमा महानगर सफल भए पनि, बागमती नदी किनारका सुकुम्बासी बस्तीहरू लगायतका ठूला संरचनाहरू भने अझैसम्म हटाउन सकिएको छैन।


 
                                                                             
                             
                             
                             
                             
                             भर्खरै
भर्खरै लोकप्रिय
लोकप्रिय 
                                         
                                         
                                         
                                         
                                        
 
                 
                 
                 
                 
                 
                 
                 
                 
                





















 
 





































































 
 







































 
 

































































