काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले जेन–जी आन्दोलनका उपलब्धिहरुलाई संस्थागत गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका छन्।
शुक्रबार पार्टीले आयोजना गरेको एक कार्यक्रममा उनले जेन–जी आन्दोलनले सबै राजनीतिक दलहरुमा रुपान्तरणको चाप बढाएको उल्लेख गर्दै त्यसलाईं संस्थागत गर्दै अघि बढ्नुको विकल्प नरहेको बताएका हुन्।
उपसभापति वाग्लेले मुलुकमा भएका परिवर्तनलाई वैधता दिन पनि निर्वाचनमा जानुको विकल्प नरहेको बताए।
विगतमा भएको आन्दोलनको उपलब्धिलाई जोगाउँदै नयाँ उपलब्धिहरुलाई संस्थागत गर्न र मुलुकलाई सुशासनको पक्षमा लैजान पनि निर्वाचनमा जानुपर्ने अवस्थामा मुलुक रहेको उनको भनाइ थियो।

भर्खरै
लोकप्रिय







































































































































































































