काठमाडौँ – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिलेको परिस्थिति आउनुमा नेता मात्रै दोषी नरहेको टिप्पणी गरेका छन्।
रुपन्देहीमा शुक्रबार सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले भ्रष्टाचारीहरुलाई स्वीकारेर निर्वाचित गराउने जनता पनि बराबर दोषी रहेको बताए।
उनले आफूले संसद्मा धेरै पहिलादेखि बंगलादेशको हविगत भोग्नुपर्ने चेतावनी दिँदा कसैले नसुनेको बताए। जनतालाई सत्य कुरा बुझाउनुपर्ने जरुरी रहेको उनको भनाइ थियो।
उनले भने, ‘अहिलेका जुन विकराल परिस्थिति छ, भ्रष्टाचारीलाई स्वीकारेर पठाउने जनता नै हुन्। अहिलेको परिस्थितिमा राजनीतिक दलका नेता मात्रै जिम्मेवार छैनन्। मैले बंगलादेशको हविगत व्यहोर्नुपर्छ भनेर मैले भनेको थिएँ। सत्य कुरा जनतालाई बुझ्न समय लाग्छ।’
उनले राजनीतिक दलहरुले आफ्नो स्वार्थका लागि विदेशी मुलुकको मुद्दा बोक्ने गरेको आरोप लगाए।

भर्खरै
लोकप्रिय







































































































































































































