- नेता भीम रावलले एमाले अध्यक्ष केपी ओलीले समाजवादी नेताहरूलाई फसाउने उद्देश्य राखेको आरोप लगाएका छन्।
- रावलले विद्यादेवी भण्डारीको सदस्यतामाथि रोक हटाउन ओलीलाई कदम चाल्न आग्रह गरेका छन्।
- ओलीको आग्रहमा सार्थकता नभएको भन्दै एकीकृत समाजवादीको माओवादीसँग एकताबारे रावलले असहमति जनाएका छन्।
काठमाडौँ- कम्युनिष्ट नेता तथा एमालेका पूर्वउपाध्यक्ष भीम रावलले एमालेका अध्यक्ष केपी ओलीको दाउ एकीकृत समाजवादीका नेताहरूलाई ढोक्सा थाप्नेबाहेक केही नभएको भन्दै उनको उद्देश्य पार्टीलाई बलियो बनाउने नरहेको टिप्पणी गरेका छन्।
नेता राववले शुक्रबार सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै एमाले बलियो बनाउने ओलीको उद्देश्य भए एक वर्षअगाडि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यतामा लगाइएको रोक हटाउनुपर्ने बताएका छन्। त्योसँगै भदौ २३ र २४ गतेको अकल्पनीय घटनामा राष्ट्रले व्यहोरेको क्षतिको नैतिक जिम्मेवारी लिनुर्ने पनि रावलले भनेका छन्।
उनले एकीकृत समाजवादीले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेपछि ओलीले एमाले छोडेर जहाँसुकै गएका भएपनि फर्किन सामाजिक सञ्जालमा गरेको आग्रहमा कुनै सार्थकता नरहेको टिप्पणी पनि गरेका छन्।
उनले लेखेका छन्- अहिलेको विषम स्थितिमा जबज अनुसार एमालेलाई देशभक्तिपूर्ण बाटोबाट बलियो बनाउने उद्देश्य भएको भए सबभन्दा पहिले एक वर्ष अगाडि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको नवीकृति सदस्यतामा लगाइएको रोक हटेको कुरा गरिनुपर्थ्यो।’
‘केही नगरी शब्दजाल र भ्रम फिजाएर माओवादीमा जान नचाहने एकीकृत समाजवादीका मानिसहरूलाई ढोक्सो थाप्ने चाल बाहेक ओलीको भनाइमा कुनै सार्थकता छैन,’ उनले लेखेका छन्।

भर्खरै
लोकप्रिय






































































































































































































