- म्यानचेस्टर सिटीले बर्नेमाउथलाई ३-१ ले पराजित गर्दै इंग्लिस प्रमियर लिगमा छैटौं जित हासिल गर्यो।
- खेलमा अर्लिङ हालान्डले दुई गोल गर्दै सिटीलाई अर्को जित सुनिश्चित गर्न मद्दत पुर्याए।
- निको ओ’रिल्लीले तेस्रो गोल गर्दै खेलको ६०औँ मिनेटमा सिटीको जीतलाई थप प्रभावकारी बनाए।
अर्लिङ हालान्डले दुई गोल गरेको खेलमा म्यानचेस्टर सिटीले इंग्लिस प्रमियर लिगमा छैटौं जित हासिल गर्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। आइतबार राति भएको खेलमा सिटीले बर्नेमाउथलाई ३-१ ले पराजित गर्दै दोस्रो स्थानमा उक्लिएको हो।
पेप ग्वार्डियोलाको टोली गत आइतबार एस्टन भिल्लासँग १० खेलपछि पहिलो हार व्यहोर्न पुगको थियो। तर हालान्डले यो सिजनमा दोस्रोपटक गोल गर्दा सिटी विजयी भयो। जितपछि सिटी शीर्ष स्थानमा आर्सनलभन्दा ६ अंकले पछि छ।
खेलको सुरुवातमै बर्नेमाउथले एलि जुनियर क्रुपीमार्फत ४६ सेकेन्डमै गोल गरेको भएपनि उक्त गोल अफसाइड घोषित हुन पुगेको थियो। १९ वर्षे युवा स्टार क्रुपी लगातार चौथो खेलमा गोल गर्ने लक्ष्यमा रहेका थिए।
तर खेलमा सिटी सुरुवाती झड्कापछि समालियो। १७औँ मिनेटमा सिटीले हालान्डको गोलमा अग्रता लियो। रायन चेर्कीको हेडरमा हालान्ड अपसाइड विट गर्दै अघि बढेर टिमलाई अग्रता दिलाए। यद्यपि, ८ मिनेटपछिनै पाहुना टोलीले स्कोर बराबर गर्यो। जियानलुइजी डोनारुम्माको गलत पञ्चमा टायलर एडम्सले गोल गर्न पुगेका थिए।
तर खेलमा सिटीले पुन अग्रता बनायो। उनले फेरि चेर्कीसँग मिलेर ब्यक्तिगत दोस्रो गोल गरेका थिए। उनको यो गोल जारी सिजनको लिगमा १३ औँ गोल हो। समग्र क्लब र देशका लागि भने उनको जारी सिजन २६ औँ गोल हो।
उनले पहिलो हाफमै ह्याट्रिकको अवसर पाएपनि सदुपयोग गर्न असफल रहे। खेलमा सिटीका लागि तेस्रो गोल ६०औँ मिनेटमा निको ओ’रिल्लीले काउन्टर अट्याकमा सम्भव बनाए।

भर्खरै
लोकप्रिय






































































































































































































