वन अधिकृतको भेटिएन एक करोड ४३ लाखको आयस्रोत, परे अख्तियारको फन्दामा

वन अधिकृतको भेटिएन एक करोड ४३ लाखको आयस्रोत, परे अख्तियारको फन्दामा
+
-
देशसञ्चार AI सारांश
  • दानबहादुर श्रेष्ठविरुद्ध एक करोड ४३ लाख रुपैयाँ भ्रष्टाचार आरोपमा विशेष अदालतमा मुद्दा दायर भएको छ।
  • २०४८ देखि २०८० सम्म उहाँको सम्पत्ति विवरण अस्वभाविक देखिएकाले अख्तियारले अनुसन्धान सुरु गरेको थियो।
  • श्रेष्ठले बुहारीको नाममा रहेको कम्पनीमा लगानी गरेको भन्दै त्यसको सम्पत्ति जफत गर्न अख्तियारले माग गरेको छ।

काठमाडौँ- डिभिजन वन कार्यालय भोजपुरमा कार्यरत अधिकृत (दशौँ तह) दानबहादुर श्रेष्ठविरुद्ध एक करोड ४३ लाख १८ हजार नौ सय ३७ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर भएको छ।

अख्तियार दूरुपयोग अनुसन्धान आयोगले सोमबार श्रेष्ठविरुद्ध मुद्दा दायर गरेको हो। श्रेष्ठ २०४८ सालदेखि सरकारी सेवामा प्रवेश गरेका थिए। उनको २०८० सालसम्मको सम्पत्ति विवरण आयस्रोत भन्दा अस्वभाविक देखिएपछि अख्तियारले अनुसन्धान थालेको थियो।

अनुसन्धानक्रममा ०४८-०८० सम्म ३२ वर्षमा उनको र उनको परिवारको सम्पत्तिको वास्तविक आय दुई करोड १६ लाख ८५ हजार पाँच सय ५७  देखिएको थियो।  तर बैंकमा रहेको रकम र खर्च विवरण हेर्दा तीन करोड ६० लाख चार हजार चार सय ९५ देखिएकाले जुन अस्वभाविक भएको आयोगको दाबी छ।

आयोगले बढी हुन आएको एक करोड ४३ लाख १८ हजार नौ सय ३७ रुपैयाँ विगो मागी दाबी गर्दै अदालतमा मुद्दा दायर गरेको हो। श्रेष्ठ डिभिजन वन कार्यालय इलाममा कार्यरत रहँदा भ्रष्टाचार भएको देखिएको आयोगले बताएको छ।

साथै उनले बुहारी भावना वरुवाल संचालक रहेको फरेष्ट एण्ड इन्भारोमेन्ट रिसर्च अर्गनाइजेशन प्रालि भक्तपुरको नाममा  लगानी गरेको भन्दै उक्त कम्पनीको सम्पत्ति जफत गर्नुपर्ने माग दाबी गर्दै पनि अख्तियारले प्रतिवादी बनाएको छ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’