काठमाडौँ – बन्न लागेको नेकपा समाजवादीका नेताहरुबीच भेट भएको छ।
माओवादीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव आलोकनगरमा भेटवार्ता भएको हो।
बुधबार घोषणा हुने पार्टीको नेतृत्वको मोडालिटीबारे छलफल गर्न नारायणकाजीलाई लिएर प्रचण्ड समाजवादीको पार्टी कार्यालय पुगेका हुन्। पार्टी एकताका लागि आइतबार आठ दलबीच १८ बुँदे सहमति भएको छ।
सहमतिअनुसार एकीकरणपछि भन्ने पार्टीमा संयोजक र सहसंयोजक रहने व्यवस्था गरिएको छ। जसमा दाहालले संयोजकको भूमिका निर्वाह गर्ने सहमति भएको छ। एकीकृत पार्टीलाई कसरी अघि बढाउने र नेतृत्व कसरी गर्ने भन्ने विषयमा नेताहरुबीच कुराकानी भएको छ।

                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































