हुम्ला – सिमकोट गाउँपालिका– ५ को बालमन्दिर माध्यमिक विद्यालयको भवन भत्काएपछि पठनपाठनमा समस्या व्यहोर्नुपरेको छ। नयाँ भवन निर्माणका लागि पुरानो भवन भत्काउनुपरेपछि पठनपाठन प्रभावित भएको हो।
अधिकांश विद्यालय भवन भत्काइएपछि कक्षा चारदेखि दशसम्मका विद्यार्थीले समस्या भोग्नु परेको प्रधानाध्यापक कैलाश रोकायाले जानकारी दिए।
चौध कोठे नयाँ भवन पूर्वाधार विकास कार्यालयले बनाउन लागेको उनले बताए। सम्झौताअनुसार उक्त भवन निर्माण दुई वर्षभित्र पूरा गर्नुपर्नेछ।

                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































