कुनामा ओथारो बस्दैमा सरकार ढल्दैनः प्रधानमन्त्री ओली

कुनामा ओथारो बस्दैमा सरकार ढल्दैनः प्रधानमन्त्री ओली
+
-

विर्तामोड— प्रधानमन्त्री केपी शर्मा ओलीले दुई चार जना कुनामा बसेर ओथारो बसेर चल्ला कोरल्दैमा सरकार नढल्ने बताएका छन्।

विहीबार झापाको विर्तामोडमा दसैं शुभकामना आदान प्रदान कार्यक्रममा उनले भने, ‘केही मान्छेहरु कराउँदैमा सरकार ढल्ने कुरै आउँदैन। यो सरकारबाट जनताको ठूलो अपेक्षा छ।’

चुनावका बेलामा बृद्ध भत्ता बढाउने आफ्नो बाचाको प्रसंगमा प्रधानमन्त्री ओलीले देशको ढुकुटी रित्तो भएका कारण बाचा अनुसार काम नभएको बताए। उनले भने,’आगामी बर्षको बजेटमा बृद्ध भत्ता अवश्य बढ्छ।’

विकासका लागि समय लाग्ने भएको र त्यसको सुरुवातमा अर्थतन्त्र सुधार्ने काम भइरहेको ओलीले भनाई थियो। उनले भने, ’मलाई मेरो काम र कर्तव्यका बारेमा मज्जाले थाह छ। काम हुँदैछ।’

भारत र नेपालबीचको सम्बन्ध सुधार ल्याउने प्रयास स्वरुप समान हैसियत राख्ने काम आफ्नो सरकार सफल भएको ओलीको दाबी थियो। उनले अबको पाँच वर्षमा रक्सौलबाट काठमाण्डौ रेल कुद्ने पनि दाबी गरे।

अर्थमन्त्री युवराज खतिवडा र प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसगै उपस्थित भएका प्रधानमन्त्री ओलीले अबको केही समयमा सरकारका काम देखिने बताए। उनले भने, ’बाटो बनाउनका लागि पहिला धुलो उडाउनै पर्छ। अब केही समयमा धुलो उड्दैन।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?