कैलाली – कैलालीमा दुई जना भारतीय नागरिक २८ लाख रुपैयाँसहित पक्राउ गरेका छन्।
आज धनगढी उपमहानगरपालिका—३ मिलनचोकबाट २८ लाख ३५० रुपैयाँसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले जानकारी दिए।
उनका अनुसार मिलनचोकबाट भारतको लखिमपुर खिरी पलियाका हरचित गुप्ताले चलाएको भारतीय युपी ३१ सिएन ११७५ नंको कारमा जाँच गर्दा त्यसमा सवार सोही ठाउँका सागर गुप्तालाई स्रोत नखुलेको नेपाली रुपैयाँसहित पक्राउ गरिएको हो।
निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































