कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, महाधिवेशन तालिका पेशको तयारी

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, महाधिवेशन तालिका पेशको तयारी
+
-

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो १ बजे बस्दै छ। बैठकमा आगामी १५औं महाधिवेशनको मितिबारे निर्णायक छलफल हुने भएको छ।

पार्टीभित्र महाधिवेशन २१ फागुनको आम निर्वाचन अघि गर्ने कि पछि गर्ने भन्ने विषयमा सहमति नजुटेकाले कांग्रेसको बैठक बारम्बार स्थगित हुँदै आएको थियो। सहमतिको प्रयास स्वरूप गत शुक्रबार र आइतबारका लागि तोकिएका बैठक पनि बस्न सकेका थिएनन्।

आजको बैठकमा महामन्त्री गगन थापा नेतृत्वको समूह र संस्थापन पक्ष दुवैतर्फबाट फरक-फरक महाधिवेशन कार्यतालिका पेस गरिने तयारी भएको जनाइएको छ।

संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको सोमबार नयाँ बानेश्वरमा बसेको भेलाले आगामी वैशाख २५ देखि २८ गतेसम्म १५औं महाधिवेशन गर्ने प्रस्ताव पारित गरी आजको बैठकमा पेस गर्ने निर्णय गरेको छ। तर, संस्थापन इतर नेताहरूले भने प्रतिनिधिसभा निर्वाचनअघि नै नियमित वा विशेष महाधिवेशन गर्नुपर्ने माग गर्दै आएका छन्।

उनीहरूले विशेष महाधिवेशनका लागि आवश्यक ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइसकेका छन्।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’