काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले जेनजीसहितका युवा पुस्तालाई सामेल गरेर अघि बढ्न आफूहरुले पार्टी एकीकरणको अभियानलाई अघि बढाएको बताएका छन्।
मंगलबार काठमाडौँमा आयोजित पार्टीको राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकमा बोल्दै उनले जेन–जी आन्दोलनको मुद्दालाई आत्मसात गरेर उनीहरुलाई पनि सामेल हुने गरी नौ वटा कम्युनिष्ट पार्टीहरुबीच एकीकरणको काम गर्नुपरेको बताएका हुन्।
उनले नेकपा एससहितका नौ वटा कम्युनिष्ट पार्टीहरुको बीचको एकीकरण नेपालका कम्युनिष्ट पार्टीहरुको एकीकरणको कोशेढुंगा सावित हुने दाबीसमेत गरे।
नेता श्रेष्ठले राष्ट्रिय सुशासन, समृद्धि र समाजवादीको आधार निर्माणको पक्षमा आउने सबै कम्युनिष्ट शक्तिहरुलाई आफूहरुले एकीकृत गर्दै अघि बढ्ने लक्ष्य लिएको बताए।
नेता श्रेष्ठले नेपालको समृद्धिका लागि सबै कम्युनिष्ट शक्तिहरुलाई एकताबद्ध गरेर अघि बढ्नुको विकल्प नरहेकोसमेत बताए।

भर्खरै
लोकप्रिय






































































































































































































