पोखरामा ब्राउन सुगरसहित दुई युवा पक्राउ

पोखरामा ब्राउन सुगरसहित दुई युवा पक्राउ
+
-

पोखरा – पोखरामा लागुऔषध खैरो हिरोइन (ब्राउन सुगर) सहित दुई युवा पक्राउ परेका छन्। पोखराको पृथ्वीचोकको बसपार्कमा सवारी चेकजाँचको क्रममा ३.८९ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका–३२ बस्ने ३७ वर्षीय विनोद ढकाल र मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१२ सिक्रेनी बस्ने ३८ वर्षीय विकास लामालाई खानतलासी गर्दा ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी हरीबहादुर बस्नेतले जानकारी दिए।

पृथ्वीचोकमा ग १ ख ४४९९ नम्बरको माइक्रो चेकजाँच गर्दा मंगलबार राती उनीहरु पक्राउ परेका हुन्।

दुवै जनालाई जिल्ला अदालत कास्कीबाट लागुऔषधसम्बन्धी मुद्दामा १५ दिन म्याद थपेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’