जनकपुरधाम – जनकपुरधाममा आन्दोलनरत व्यवसायी र स्थानीय प्रशासनबीच चार बुँदे सहमति भएको छ।
धनतेरशको पूर्वसन्ध्यामा सुनचाँदी पसलमा छापा मार्ने प्रहरीलाई कारबाही गर्न माग गर्दै आन्दोलन थालेको जनकपुरधाम उद्योग वाणिज्य संघ र जिल्ला प्रशासन कार्यालय धनुषाबीच मंगलबार साँझ चार बुँदे सहमति भएको हो।
आज दुवै पक्षबीच भएको सहमतिअनुसार घटनाबारे सम्बन्धित निकायले छानबिन गरी कानुनबमोजिम कारबाहीको प्रक्रिया अघि बढाउने र आन्दोलनरत पक्षले आजैदेखि आन्दोलन स्थगित गर्ने सहमति भएको छ।
गत असोज ३१ गते आन्दोलनको क्रममा प्रहरी र व्यवसायीबीच झडप हुँदा संघका अध्यक्ष सुरेन्द्र भण्डारीसहित केही व्यवसायी घाइते भएका थिए।
घटनापश्चात संघले छापाको नेतृत्व गरेका डिएसपी गणेशबहादुर बम र घुमुवा सहायक निरीक्षक मनोजकुमार यादवलगायतलाई कारबाही गर्नुपर्ने भन्दै जिल्ला प्रशासन कार्यालय र मधेस प्रदेश प्रहरी कार्यालयमा चार बुँदे मागसहित ज्ञापन पत्र बुझाएका थिए।
तर, छापा मार्ने प्रहरीलाई कुनै कारबाही नभएको भन्दै संघको आह्वानमा व्यवसायीहरुले आन्दोलन थालेका थिए। सोहीअनुसार आज दिउँसो १२ बजेसम्म जनकपुरधामको सम्पूर्ण बजार बन्द गरिएको थियो।


भर्खरै
लोकप्रिय






































































































































































































