जारी सिरिजको अन्तिम खेलमा युएईलाई हराउने लक्ष्यमा नेपाल

जारी सिरिजको अन्तिम खेलमा युएईलाई हराउने लक्ष्यमा नेपाल
+
-
देशसञ्चार AI सारांश
  • नेपालले त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा युएईलाई पराजित गर्न दबाबमा रहेको छ।
  • युएईसँगको खेल नेपाली समय अनुसार बिहान ११:१५ मा दुबईमा सुरु हुँदैछ।
  • नेपालले १६ खेलमध्ये ९ मा जित हासिल गरे पनि दुबईमा युएईविरुद्ध कठिनाइ व्यहोर्दै आएको छ।

नेपाली राष्ट्रिय क्रिकेट टिमले आइसीसी विश्वकप लिग-२ अन्तर्गत जारी सिरिजको अन्तिम खेलमा आज युएईको सामना गर्दैछ।

नेपाल, अमेरिका र युएई समिलित त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल अघिल्ला तीन खेलनै गुमाउन पुगेकाले अन्तिम खेल जित्नै पर्ने दबाबमा छ।

युएईमा जारी पाँचौं शृंखालाको अन्तिम खेल खेल्दै गर्दा अङ्क तालिका सुधार गर्नु पर्ने चुनौती नेपाललाई रहेको छ। समग्रमा १९ खेल खेलको नेपाल १२ हार र पाँच जितकासाथ १२ अंक जोडेर सातौं स्थानमा छ। दुई खेल भने विना नतिजा टुंगिएको थियो।

खेल नेपाली समय अनुसार बिहान ११:१५ मा दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदैछ। युएईको सामना गर्दा नेपाल अघिल्लो खेलमा बेहोरेको हारको बदला लिने लक्ष्यमा हुने छ। युएइ र नेपाल दुवैले अमेरिकासँगको दुवै खेल गुमाएकाले स्वभाविक रुपमा नेपाल कम्तिमा युएईलाई हराएर अन्तिम खेलमा सुखद् नतिजा निकाल्न चाहन्छ।

पहिलो खेलमा नेपाल अमेरिकासँग १ सय ६ रनले हारेको नेपाल दोस्रो खेलमा युएइसँग पाँच विकेटले पराजित भएको थियो। त्यस्तै तेस्रो खेलमा अमेरिकासँग ४ विकेटले हारेको नेपाल अन्तिम खेलमा युएईलाई हराएर पुन एकपटक समालिने लक्ष्यमा रहने छ। युएई भने पछिल्लो खेलमा अमेरिकासँग २ सय ९३ रनको लक्ष्य पछ्याउँदा ४९ रनमै अलआउट भएको थियो।

खराब लयबिच नेपाललाई हराएकाले युएईपनि नेपालसँग अर्को दुई अंकको प्रयासमा हुनेछ। तालिकामा नेपाल १९ खेल खेलिसक्दा १२ अङ्क बनाएर सातौं स्थानमा रहँदा ८ अंक बनाएको युएई पुछारमा छ। अमेरिका भने २४ खेलबाट ३६ अङ्क बनाएर तालिकाको शीर्ष स्थानमा छ। समान खेलबाट स्कटल्यान्ड ३० अङ्क बनाएर दोस्रो तथा नेदरल्यान्ड्स २८ अङ्कका साथ तेस्रो स्थानमा छ। ओमान २० खेलबाट २४ अंकका साथ चौंथो स्थानमा रहँना २४ खेल खेलेको क्यानडा २१ अंकका साथ पाँचौं र समान खेलबाट १९ अङ्क जोडेको नामिबिया छैटौं स्थानमा रहेको छ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र युएईबीच १६ खेल भएका छन्। जसमा नेपाल ९ र युएई सात खेलमा जित हासिल गरेका छन्। दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भने युएई नेपालमाथि हाबी हुँदै आएको छ। यो मैदानमा यी दुईबीच हालसम्म पाँच खेल हुँदा युएईले चार र नेपालले एक खेलमात्र जित्न सकेको छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’