काठमाडौँ – झलनाथ खनालले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग भेटवार्ता गरेका छन्।
माओवादी, समाजवादीसहितको ९ दलको एकतामा सहभागी नहुने घोषणा गरेका खनाल एकताबारे छलफल गर्न दाहाल निवास पुगेका हुन्।
खनालले एकतालाई अस्वीकार गरे पनि उनलाई सहभागी गराउन दाहाल नेपालले अन्तिम प्रयास गरेका हुन्। स्रोतका अनुसार भेटमा खनालले आफूलाई नेपाल सरहको सहसंयोजक पद माग गरेका छन्।
उनलाई सहसंयोजक दिने कि नदिने भन्ने विषयमा तीन नेताबीच कुराकानी भइरहेको छ। यसअघि मंगलबार साँझ खनालले एमाले अध्यक्ष केपी ओलीसँग पनि छलफल गरेका थिए। एमालेमा फर्किने विषयमा दुई नेताबीच कुराकानी भए पनि कुरा भने नमिलेको बताइएको छ।
खनालकोे सचिवालयले दाहाल नेपालसँगको भेट राजनीतिक सम्बाद निरन्तर जारी रहने जानकारी जनाएको छ।

भर्खरै
लोकप्रिय






































































































































































































